प्रि–सिजन मैत्रीपूर्ण खेलमा बार्सिलोना चेल्सीसँग स्तब्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

प्रि–सिजन मैत्रीपूर्ण खेलमा बार्सिलोना चेल्सीसँग स्तब्ध

barcelona vs chesea

एजेन्सी, ८ साउन । प्रि–सिजन मैत्रीपूर्ण खेल अन्तर्गत चेल्सीले स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनालाई पराजित गरेको छ ।

नयाँ सिजनको तयारीमा रहेको चेल्सीले बार्सिलोनालाई २–१ ले पराजित गरेको हो । जापानमा मंगलबार बेलुका भएको खेलमा चेल्सीलाई जिताउन टामी अब्राहम र रोस बार्क्लीले गोल गरेका हुन् । बार्सिलोनाका लागि इभान रेकिटिकले एक गोल फर्काए । लाम्पार्डको टिमका लागि अब्राहमले पहिलो हाफमा गोल गरे । त्यसपछि थप खेलाडीका रुपमा आएका बार्क्लीले गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । बार्सिलोनाका लागि इन्जुरी समयमा रेकिटिकले एक गोल फर्काए । उक्त खेलमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनाबाट डेब्यु गरे ।

उनी एथ्लेटिको मड्रिडबाट हालै १२० मिलियन युरोमा बार्सिलोना आएका हुन् । ग्रिजम्यानले केही राम्रा मौका बनाए तर चेल्सीका गोलरक्षक केपाका लागि उनले सिर्जना गरेका अवसरहरु त्यति चुनौतिपूर्ण भएनन् । ग्रिजम्यानले बार्सिलोनाको डेब्यु खेलमा गोल गर्न नसके पनि उनले प्रभावशाली खेल भने प्रस्तुत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);