बिनोद भण्डारीको कप्तानीमा प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

बिनोद भण्डारीको कप्तानीमा प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई

काठमाडौं,३ फागुन । नेपाल क्रिकेट संघ क्यानले नेपाल ‘ए’ टिमको घोषणा गरेको छ । राष्ट्रिय टिम बाहिर रहेका खेलाडीलाई समावेश गर्दै क्यानले नेपाल एको घोषणा गरेको हो । बिनोद भण्डारीको कप्तानीमा घोषणा गरिएको नेपाल एमा राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी र पछिल्लो घरेलु प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका खेलाडी समावेश गरिएको छ ।

नेपाल एमा आशुतोष घिरैया, अर्जुन कुमाल, बासिर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायान यादव, प्रजित जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, सहाब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् ।

क्यानले नेपालको ए टिम हेर्न प्रशिक्षकको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । घरेलु क्रिकेटमा विभागीय टिमको नेतृत्व गरिरहेका ज्ञानेन्द्रले पहिलो पटक क्यानको टिम हेर्ने जिम्मेवारी पाएका हुन् ।

उनले भर्खरै सिंगापुरमा लेभल टूको कोचिङ कोर्स पुरा गरेकाछन् । नेपाली टिमको प्रशिक्षकमा मल्लसँगै कलाम अली रहेका छन् । नेपाल एले क्यानडासँग टी ट्वान्टी सिरिज खेल्ने तालिका छ । राष्ट्रिय टिम बिश्व क्रिकेट लिग टुमा टूमा ब्यस्त रहदाँ नेपाल एले क्यानडासँग टी ट्वान्टी म्याच खेल्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);