यी हुन् क्यानको बोर्ड बैठकले गरेका १३ निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

यी हुन् क्यानको बोर्ड बैठकले गरेका १३ निर्णय

काठमाडौं, १९ माघ । पोखरामा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले अनुशासन उल्लङ्घनको कारबाहीमा परी निलम्बित पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा देखि खेलाडीको सेन्ट्रल कन्ट्याक लगायतका १३ वटा निर्णय गरेको छ ।

अध्यक्ष चतुर बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले नेपाल टी–ट्वान्टी लिगको गभर्नीङ काउन्सिल विघटन,नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सन कुमार झालाई नियुक्त, संघको वार्षिक साधारण सभा आगामी फागुन १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्ने लगायतका निर्णय बैठकले गरेको हो ।

त्यस्तै अनुशासन उल्लङ्घनको कारबाहीमा परी निलम्बित राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय बैठकले गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);