फिफा विश्वकप छनोट : जोर्डनसँग नेपाल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

फिफा विश्वकप छनोट : जोर्डनसँग नेपाल पराजित

jordan vs nepal

काठमाडौं, २९ असोज । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह चरणको चौंथो खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा नेपाल बलियो टिम जोर्डनसँग ३–० ले पराजित भएको हो ।

घरेलु मैदानमा जोर्डनलाई जित दिलाउन फेरास शेल्बाइह, अहमेद अल इर्सान र बाहा फैसलले समान १–१ गोल गरे । जोर्डनलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा तीन गोल खाएको थियो । अम्मान अन्तराष्ट्रिय रंगशालामा खेलको ५६ औं मिनेटमा फेरासले पेनाल्टीमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

नेपालका डिफेन्डर दिनेश राजवंशीले जोर्डनका खेलाडीलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा फेरासले सहजै गोल गरे । यस्तै खेलको ८७ औं मिनेटमा अहमेदले चिप गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको ८८ औं मिनेटमा फैसलले हेड गोल गर्दै जोर्डनलाई ३–० को सहज जित दिलाए । नेपाललाई हराएसँगै छनोटको समूह ’बी’ को जोर्डनले ३ खेलमा ७ अंक जोडेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);