एशियाली खेलकुदको महाकुम्भ आजबाट सुरु हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एशियाली खेलकुदको महाकुम्भ आजबाट सुरु हुँदै

18-asian-games

काठमाडौं, २ भदौ । एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सव आजबाट सुरु हुँदै छ । इण्डोनेसियाको राजधानी जाकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा १८ औं एशियाली खेलकुदको भब्य समारोहका बीच उद्घाटन हुँदै छ ।

नेपाली समयानुसार साँझ सवा ६ बजे उद्घाटन कार्यक्रम शुरु हुनेछ । प्रतियोगिताको इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन समारोहलाई रङ्गशालामा ७६ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्नेछन् । समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिने तय भएको छ ।

उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी हुनेछन् । नेपाली टोलीको नेतृत्व युवा तथा खेलकूदमन्त्री जगतबहादुर विकले गर्नुहुने छ । एशियाडमा ४५ देशका ११ हजार पाँच सय खेलाडी सहभागी हुँदैछन् । ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

इण्डोनेसियाका सर्वाधिक ९५१ खेलाडीले प्रतिस्पर्धा गर्ने एशियाली खेलकुदमा समग्रमा सबैभन्दा बढी स्वर्ण जितेको चीनले ८७९ खेलाडी सहभागी गराएको छ । त्यस्तै थाइल्यान्डले ८१६, दक्षिण कोरियाले ८०७, चाइनिज ताइपेइका ५५८ र भारतका ५७२ खेलाडी सहभागी छन् ।

एशियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २८५ जना सहभागी हुँदैछन् । पुरुष १२९ र महिला ५६ खेलाडीले उपाधिका लागि भिड्ने छन् । नेपालले सहभागिता जनाउने २९ खेलमध्ये २३ खेल जाकार्ता र बाँकी ६ खेल पालेम्वाङमा हुनेछ । दुई संस्करणबाहेक सबै एशियाडमा सहभागिता जनाएको नेपालले हालसम्म एक रजत र २२ कास्य गरी २३ पदक जितेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);