२१ औं संस्करणको विश्वकप फुटबल आजबाट सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

२१ औं संस्करणको विश्वकप फुटबल आजबाट सुरु

२१ औं संस्करणको विश्वकप फुटबल आजबाट सुरु हुँदै छ । ३२ राष्ट्रले एक महिनासम्म प्रतिस्पर्धा गर्ने विश्वकपको उद्घाटन खेलमा आयोजक रसिया र एसियाली मुलुक साउदी अरेबियाबीच भिडन्त हुँदै छ ।

रसिया र साउदी अरेबिया विश्वकपमा पहिलोपटक भिड्न लागेका हुन् । उद्घाटन खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बजे मस्कोस्थित लुन्जिकी रंगशालामा हुने छ । रसिया र साउदी अरेबियाबीचको खेलअघि आधा घण्टा लामो उद्घाटन समारोह गरिने छ ।

८० हजार दर्शकको सहभागीतामा हुने उद्घाटन समारोहमा बेलायती गायक रोबी विलियम्सले आफ्नो प्रस्तुती दिनेछन् । उनलाई रसियाकी गायिका सोप्रानो अइडा गारिफुलिना र ब्राजिलका पूर्व फुटबलर रोनाल्डोले साथ दिनेछन् ।

विश्वकपमा सहभागी ३२ मुलुकलाई ८ समूहमा प्रतिस्पर्धा गराइने छ । यसपटकको विश्वकपमा सन् २०१४ को विश्वकप खेलेका १ सय ८६ र सन् २०१० को विश्वकप खेलेका ६१ खेलाडी छन् । २१ खेलाडी सन् २००६ को विश्वकप खेलेका तथा एक खेलाडी भने २००२ को विश्वकप खेलेका खेलाडी हुन् ।

यसैबीच सन् २०२६ को विश्वकप फुटबल तीन देशले संयुक्त रुपमा आयोजना गर्ने भएका छन् । अमेरिका, क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप फुटबल आयोजना गर्ने जिम्मा पाएका हुन् ।

तीन देशबाहेक मोरक्कोले पनि विश्वकप आयोजनाका लागि दाबी पेश गरेको थियो । तर, फिफा कंग्रेसमा भएको मतदानमा अमेरिकी प्रस्तावको पक्षमा १ सय ३४ मत प-योे भने मोरक्कोले ६५ भोट मात्र पायो । सन् २०२६ मा ४८ मुलुक सहभागी हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);