इंग्लिस प्रिमियर लिग फुटबल: युनाइटेडद्वारा चेल्सी पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

इंग्लिस प्रिमियर लिग फुटबल: युनाइटेडद्वारा चेल्सी पराजित

man-utd-chelsea

एजेन्सी, २७ साउन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको यो सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले सुरुवात भव्य जितसहित गरेको छ ।

ओल गुनार सोल्सकेएरको टिम म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि ४–० को जित निकालेको हो । पहिलो हाफमा एक गोल गरेको युनाइटेडले दोस्रो हाफमा तीन गोल थपेको हो । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई जिताउन मार्कस राश्फोर्डले दुई तथा एन्थोनी मार्सल र ड्यानिएल जेम्सले एक–एक गोल गरेका हुन् ।१८ औँ मिनेटमा पाएको पेनाल्टीमा राश्फोर्डले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । ६५ औँ मिनेटमा मार्सल तथा ६७ औँ मिनेटमा राश्फोर्डले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेडको अग्रता ३–० मा पुग्यो ।

८१ औँ मिनेटमा जेम्सले गोल गरेर टिमको ४–० को जित निश्चित गरे । म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा प्रिमियर लिगमा सन् १९६५ यताकै सबैभन्दा फराकिलो जित दर्ता गरेको हो । भ्रमण टोली चेल्सीका लागि भने यो सिजनको सुरुवात निकै खराब रह्यो । उसले दोस्रो हाफमा लगातार गोल खायो । प्रशिक्षकका रुपमा प्रिमियर लिगमा फ्र्यांक लाम्पार्डको सुरुवात राम्रो रहेन । चेल्सीको प्रशिक्षणको जिम्मा क्लबका पूर्व खेलाडी लाम्पार्डले सम्हालेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);