टी-२० क्रिकेट : हक्सद्वारा सुपर ओभरमा भ्यानकुभर नाइट्स पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

टी-२० क्रिकेट : हक्सद्वारा सुपर ओभरमा भ्यानकुभर नाइट्स पराजित

काठमाडौं, २७ साउन । ग्लोबल टी– २० क्यानडाको उपाधि नेपाली खेलाडी सोमपाल कामीको टिम विनिपेग् हक्सले जितेको छ । सोमवार बिहान भएको फाइनलमा भ्यानकुभर नाइटमाथि सुपर ओभरमा जित निकाल्दै बिनिपेगले उपाधि जितेको हो ।

फाइनल खेलमा पनि सोमपाल भने टिममा परेका थिएनन् । विनिपेगले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १सय ९२ रन बनाएको थियो । साइमान अनवरले ९० तथा क्रिस लिनले ३७ रनको योगदान गरे ।

भ्यानकुभर नाइटका आन्द्रे रसेलले ४ विकेट हात पारे । १ सय ९३ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको भ्यानकुभर पनि निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १सय ९२ रनमा रोकिएको थियो ।

त्यसपछि भएको सुपर ओभरमा नाइट्सले पहिले ब्याटिङ गर्दै ९ रन बनायो। त्यसपछि ब्याटिङ गरेको बिनिपेगले ३ बलमा १० रन बनाउँदै विजयी भयो।बिनिपेगमा आबद्ध रहेका सोमपालले १ खेलमात्रै खेल्न पाएका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);