टी–२० क्रिकेट प्रतियोगितामा सोमपालको टिम हक्स फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

टी–२० क्रिकेट प्रतियोगितामा सोमपालको टिम हक्स फाइनलमा प्रवेश

t-20 sompal kami team

काठमाडौं, २६ साउन । नेपाली बलर सोमपाल कामीको टिम विनिपेग हक्स क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमपालको टिम ब्रम्टन उल्भ्सलाई सात विकेटले हराउँदै हक्स उपाधि नजिक पुगेको हो । घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको उभ्सले २० ओभरमा सात विकेट गुमाउँदै दुई सय रन बनाएको थियो । उसका लागि कप्तान डारेन सामीले ३३ रन बनाउँदा साहिद अफ्रिदी र बाबर हायातले समान ३२–३२ रन बनाएका थिए । यस्तै वाहब रियाजले २३ रनको योगदान गरेका थिए । बलिङमा हक्सका रियाद इम्रितले तीन तथा कलीम सानाले दुई विकेट लिए । जवाफमा हक्सले २० ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

उसको जितमा सैमन अनवरले ५२ तथा जेपी डुमीनीले ५० रन बनाए । यस्तै सन्नी सोहेलले ४१ रन बनाउँदा क्रिस लियोनले ३५ रनको योगदान गरे । अब उसले उपाधिका लागि भोली भ्यानकुभर नाइट्ससँग खेल्नेछ । शुरुवाती ११ मा स्थान बनाउन नसके पनि सोमपालले १२ औं खेलाडीका रुपमा मैदान प्रवेश गर्दै शाहिद अफ्रिदीको क्याच लिएका थिए । पौल भ्यान मेकेरिनको बलमा १८ दशमलब पाँच ओभरमा आउट भएका अफ्रिदीको क्याच सोमपालले लिएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);