वायर्न म्युनिख जर्मन कपको दोश्रो चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

वायर्न म्युनिख जर्मन कपको दोश्रो चरणमा

german cup

एजेन्सी, २८ साउन । वायर्न म्युनिख जर्मन कप फुटबलको दोस्रो चरणमा प्रवेश गरेको छ । सोमवार राती भएको खेलमा तेस्रो डिभिजनको क्लब एनर्जी कोटबसलाई ३–१ गोल अन्तरले पराजित गर्दै बुन्डेस लिग च्याम्पियन वायर्न दोस्रो चरणमा पुगेको हो ।

कोटबसको घरेलु मैदानमा वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की, किग्स कोम्यान र लियोन गोरेट्ज्काले एक एक गोल गरे । कोटबसका बेरकन टाजले एक गोल फर्काए ।

घरेलु टोलीविरुद्ध वायर्नले ३२ औं मिनेटमा लेवान्डोस्कीको गोलबाट अग्रता बनाएको थियो । ६५ औं मिनेटमा कोम्यानले वायर्नको अग्रता २ –० को बनाए ।

८५ औं मिनेटमा गोरेट्ज्काले गोल गर्दा वायर्न ३ –० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा कोटबसका टाजले पेनाल्टीमा एक गोल फर्काएपनि वायर्न ३–१ को जितसहित दोस्रो चरणमा पुग्न सफल भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);