महिला टी–२० विश्वकप छनोट : नेपालद्वारा चीन ५ रनले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

महिला टी–२० विश्वकप छनोट : नेपालद्वारा चीन ५ रनले पराजित

nepal vs china

काठमाडौं, १३ फागुन । आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटमा नेपालले चीनलाई ५ रनले पराजित गरेको छ । थाइल्याण्डको राजधानी बैककमा सोमबार भएको खेलमा नेपालले दिएको ७८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सक्यो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन बनायो । टिममा दुई खेलाडी परिवर्तन गरेको नेपालले पहिलो विकेटका लागि ३२ रनको साझेदारी गरेको थियो ।

ओपनर सिता रानामगर ११ रनमा आउट भइन । त्यसपछि लगत्तै नेपालको दोस्रो विकेट झरेको थियो । अर्की ओपनर काजल श्रेष्ठ १८ रनमा आउट भइन ।

जवाफमा चीन २० ओभरमा ६ विकेट गुमाउँदै ७२ रनमा रोकियो । मात्र चार रन हुँदा पहिलो विकेट गुमाएको चीनले २० रन बनाउदा दुई विकेट खेर फाल्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);