काठमाडौं, २८ फागुन । आईसीसी विश्वकप छनोट अन्तर्गत समुहको अन्तिम खेलमा नेपाल विरुद्धको खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेको छ ।आजको खेल दुबै टिमका लागि निकै महत्वपुर्ण रहेको छ ।
नेपालले आजको खेलमा अफगानिस्तान विरुद्दको टिमलाई नै मैदानमा उतारेको छ । जसमा नेपालले हङकङको २६ रन हुँदा पहिलो विकेट लिन सफल भयो । नेपालका लागि बसन्त रेग्मीले पहिलो सफलता दिलाए । हङकङका क्रिस्टोफर कार्टर ९ रनमा आउट भए ।
त्यसपछि हङकङको स्कोर ५३ रन हुदा उसका कप्तान बाबर हायातलाई २० रनमा सोमपाल कामीले पेभेलियन फर्काए । लगत्तै नेपालले हङकङको तेस्रो विकेट लियो । सन्दिपले हङकङका अन्सुमान राथलाई मात्र १ रनमा पेभेलियन फर्किएपछि नेपालले ५६ रनमा तीन विकेट लियो ।




