विश्वकप छनोट : नेपालद्वारा हङकङ ५ विकेटले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

विश्वकप छनोट : नेपालद्वारा हङकङ ५ विकेटले पराजित

काठमाडौं, २९ फागुन । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । हङकङले दिएको १ सय ५४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा ४० दशमलव ४ ओभरमा पूरा गर्‍यो।

खराब सुरुवात गरेको नेपालको जितमा रोहित कुमार पौडेल र सोमपाल कामीले छैटौं विकेटका लागि अविजित ८९ रनको साझेदारी गरे । रोहितले ४८ तथा सोमपालले ३७ रन जोडे । पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेको नेपालले ६६ रन बनाउँदा ५ विकेट गुमाएको थियो ।

ओपनर अनिल कुमार साह २६ रनमा आउटभएकामा अर्का ओपनर ज्ञानेन्द्र मल्ल ३१ बल खेलेर १२ रन मा पेभिलियन फर्किएका थिए । यस्तै कप्तान पारस खड्का ११, आरिफ शेख २, र दीपेन्द्रसिंह ऐरी १२ रनमा आउट भएपछि नेपाली इनिङ धर्मराएको थियो । तर रोहित र सोमपालले सम्हालिएर खेल्दै नेपाललाई जिताए ।

बुलावायो मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८.२ ओभरमा १ सय ५३ रनमा अलआउट भएको थियो । हङकङलाई सामान्य योगफलमा रोक्ने क्रममा सन्दीप लामिछानेले ३ विकेट तथा बसन्त रेग्मी र करण केसीले २-२ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले आफ्नो नाममा १÷१ विकेट लेखाए । लगातार ३ खेलमा पराजित भएको नेपालले सोमबार हङकङलाई ५ विकेटले गरेसँगै एकदिवसीय मान्यता पाउने आशा बढेको छ । नेपाल समूह बीमा चौंथो भएको छ ।

नेपालले जितेसँगै समान अंक भएपनि रनरेटका आधारमा अफगानिस्तान तेस्रो भएर सुपर सिक्समा पुगेको छ । नेपालले एकदिवसीय मान्यता पाउन विहिबार हुने खेलमा पपुवा न्युगिनीलाई पराजित गर्नुपर्ने छ । नेपाल, पपुवा न्युगिनी र हङकङमध्ये एक मुलुकले एकदिवसीय मान्यता पाउनेमा हङकङले नेदरल्याण्डलाई जितेको अवस्थामा नेपाल र हङकङबीचको विजेताले बाजी मार्ने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);