हङकङलाई ५ विकेटले हराउँदै नेपालले जित्यो उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, १ असोज । यु-१९ एसिया कप क्रिकेट इस्टर्न रिजन छनोट प्रतियोगितामा नेपालले हङकङ विरुद्ध शानदार जित हासिल गरेको छ । मलेसियामा भएको एसीसी अण्डर १९ एसियाकप रिजनल छनौटको उपाधि नेपालले जितेको हो । हङकङलाई ५ विकेटले हराउँदै नेपालले उमेर समुहको महत्वपुर्ण उपाधि जितेको हो । हङकङले प्रस्तुत गरेको ७७ रनको चुनौती नेपालले १४ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २२ रन बनाएको ईनिङसमा सन्दिप सुनारले १९ र अनिल कुमार शाहले १६ रन जोडेका थिए । ओपनर आसिफ शेख १ र सुमित महर्जन बिना स्कोर पभेलियन फर्के । प्रनित थापा मगर १९ रनमा नटआउट रहे । पन्ध्रौं ओभरमा थापा मगरले २ छक्का र १ चौका प्रहार गरी टोलीलाई जित दिलाएका हुन् ।

यसअघि क्वालालामपुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको हङकङ ३२ दशमलव १ ओभरमा ७६ रनमा समेटिएको थियो । नेपालको घातक बलिङसामु उसका कुनैपनि ब्याट्सम्यानले उल्लेख्य ब्याटिङ गर्न सकेनन् । ओपनर हारप्रित सिंहले बनाएको २० रन हङकङको ईनिङसमा सर्वाधिक स्कोर बन्यो ।

टस जितेर फिल्डिङ रोजेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हङकङलाई ७६ रनमा नै सिमीत गरेको हो। जारी खेलमा नेपालका लागि सहाब आलम र सन्दिप लामिछानेले ३ ३ र कप्तान दिपेन्द्र सिहं एरी र अनिल शाहले १ १ विकेट लिएका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);