युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलमा लिभरपुलको शानदार जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलमा लिभरपुलको शानदार जित

काठमाडौं,२५ फागुन । इंग्लिस क्लब लिभरपुलले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा सानदार जित दर्ता गरेको छ ।  लिभरपुलले चेक रिपब्लिकको स्पार्टा प्रागमाथि उसकै मैदानमा ५–१ को सानदार जित दर्ता गर्दै क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको हो ।

घरेलु टोलीविरुद्ध लिभरपुलको फराकिलो जितमा डार्विन नुनेजले दुई तथा एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक जोबोस्लाईले एक–एक गोल गरे । स्पार्टाले एक गोल आत्मघाती उपहार पाएको हो । इपेट एरिना प्रागमा खेलको छैटौं मिनेटमा नै एलेक्सिस म्याक एलिस्टरको पेनाल्टी गोलबाट लिभरपुलले अग्रता लिएको हो । २५औं मिनेटमा डार्विन नुनेजले अग्रता दोब्बर पारे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा नुनेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि लिभरपुल ३–० को आरामदायी स्थितिमा अघि बढ्यो ।

४६औं मिनेटमा कोनर ब्राड्लेले आत्मघाती गोल गर्दा खेल ३–१ को स्थितिमा पुग्यो । ५३औं मिनेटमा लुइस डियाजले गोल गदै लिभरपुललाई जिततर्फ बढाए । इन्ज्युरी समयमा डोमिनिकले गोल गर्दै लिभरपुललाई सानदार जित दिलाए । जितले लिभरपुलको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो भएको छ । दोस्रो लेगमा फराकिलो हार नभोगेको अवस्थामा पनि लिभरपुल अघिल्लो चरणमा पुग्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);