टी–२० विश्वकप क्रिकेटको तयारी गर्न सरकारले दियो क्यानलाई ५ करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

टी–२० विश्वकप क्रिकेटको तयारी गर्न सरकारले दियो क्यानलाई ५ करोड

money

काठमाडौं,२४ फागुन । आउँदो जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारी गर्न सरकारले नेपाल क्रिकेट सङ्घलाई क्यानलाई पाँच करोड रुपैयाँ दिएको छ ।

क्यानले बुधबार सामाजिक सञ्जालमार्फत यसबारेमा जानकारी दिएको हो । यो ऐतिहासिक कदम भएको भन्दै क्यानले सरकार र राष्ट्रिय खेलकुद परिषद् (राखेप) प्रति आभार व्यक्त गरेको छ ।

सरकार र राखेपको यस साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानको विश्वास छ ।

टी–२० विश्वकपमा नेपाल समूह ’डी’ मा छ । यो समूहमा नेपालसँगै बङ्गलादेश, दक्षिण अफ्रिका, श्रीलङ्का र नेदरल्यान्ड्स छन् । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);