साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको समान १-१ गोल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

साफ महिला च्याम्पियनसिप : नेपाल र भारतको समान १-१ गोल

काठमाडौं, ८ चैत । साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपालर भारतबीचको भीडन्त जारी छ । यो समाचार तयार पार्दासम्म नेपाल र भारतले समान १-१ गोल गरेका छन् । खेलको २६ औँ मिनेटमा भारतीय खेलाडी डालिमा छिब्बरले फ्रि-किकमार्फत गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । नेपालको तर्फबाट ३२‌ औं मिनेटमा सावित्रा भण्डारीले हेडमार्फत गोल गर्दै खेल बराबरी गरेकी छन् ।

विराटनगरको शहिद रंगशालामा दिउँसो तीन बजेबाट सुरु भएको फाइनल खेलमा नेपाल इतिहास रच्ने दाउमा छ । चौथो पटक भारतविरुद्ध साफ महिला च्याम्पियनसिप फुटबलको प्रतिस्पर्धा गरिरहेको नेपाल आफ्नै भूमिमा उपाधि उचाल्न चाहन्छ ।

डिफेन्डिङ च्याम्पियन भारत साफ च्याम्पियनसिपको पाँचौ पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । साफ च्याम्यिनसिपको इतिहासमा अहिलेसम्म भारतले कुनै पनि खेल हारेको छैन ।

तर, भारतको यस्तो रेकर्डलाई ब्रेक गर्दै यो पटकको साफ च्याम्पियन बन्ने उद्देश्यमा छ नेपाली टिम । प्रशिक्षक हरि खड्काले प्रि म्याच कन्फ्रेन्समा भनेका थिए ‘हामी उपाधि उचाल्छौं । भारत नेपाल भन्दा कमजोर चाहिँ छैन ।

जारी साफ च्याम्पियनसिपको फाइनलसम्मको यात्रा तय गर्दा भारतले तीन खेलमा १५ गोल गरिसकेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोलअन्तरले पराजित गरेको थियो ।

दोस्रो खेलमा श्रीलंकालाई ५–० र सेमिफाइनलमा बंगलादेशलाई ४–० गोलअन्तरले पराजित गरेको थियो । आयोजक नेपालको पछिल्लो समयको प्रदर्शन हेर्ने हो भने उत्कृष्ट छ ।

भारतलाई मात्रै पछिल्लो समयमा एक खेलमा बराबरी र एक खेलमा पराजित गरेको छ । त्यसकारण पनि नेपाली खेलाडीमा उच्च आत्मविश्वास छ ।

नेपालले जारी साफमा तीन खेलबाट १० गोल गरेको छ । उद्घाटन खेलमा भुटानलाई ३–० गोलले पराजित गरेको नेपालले बंगलादेशलाई पनि ३–० गोलअन्तरले नै पराजित गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);