सी डिभिजन लिग फुटबलमा खालीबारी युथ क्लबको दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

जेठ ३० २०८३, आइतबार

सी डिभिजन लिग फुटबलमा खालीबारी युथ क्लबको दोस्रो जित

काठमाडौं, ९ चैत । सहिद स्मारक सी डिभिजन लिग फुटबलमा खालीबारी युथ क्लबले दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा मनोहरा युनाईटेडलाई १–० गोल अन्तरले पराजित गर्दै खालीबारीले दोस्रो जित निकालेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा खालीबारीलाई जित दिलाउन इमान लामाले निर्णायक गोल गरे । जितसँगै खालीबारीले ३ खेलमा ६ अंक जोडेको छ । मनोहराको यो पहिलो हार हो । मनोहराले ३ खेलमा ६ अंक जोडेको छ ।

सोमबारनै ओसिस क्लब र सानेपा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् । लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।

सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।

Leave a Reply

ताजा समाचार