'सी' डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

football

काठमाडौं, २० चैत । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र सानेपा क्लब तथा दोस्रो खेलमा विरगंज युथ एकेडेमी र मनोहरा युनाईटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो प्लानिङ र सानेपाबीचको खेल १२ः३० बजे सुरु हुनेछ । समूह बीमा रहेको प्लानिङले ४ खेलमा मात्र २ अंक जोडेको छ । यस्तै सानेपाले ५ खेलमा २ अंक जोडेको छ ।

यस्तै विरगंज र मनोहराबीचको दोस्रो खेल दिउसो ३ः३० बजे सुरु हुनेछ । समूह ’ए’ को विरगंजले ४ खेलमा ९ अंक जोडेको छ । मनोहराले ५ खेलमा ९ अंक जोडेको छ ।

लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।

सुपर सिक्सको शीर्ष ३ टोली ’बी’ डिभिजनमा बढुवा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);