शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार २ खेल हुदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार २ खेल हुदै

A-division-lig

काठमाडौँ, पुस ११ ।  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शुक्रबार २ खेल हुदै, त्रिभुवन आर्मी र हिमालयन शेर्पा तथा सरस्वती र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

मध्यान्ह १२ बजे एन्फा कम्प्लेक्स सातदोवाटोको मैदानमा त्रिभुवन आर्मी र हिमालयन शेर्पा आमने सामने हुने छन् । २ खेलमा ३ अंकसहित आर्मी लिग तालिकाको आठौं स्थानमा छ भने शेर्पा २ अंकसहित १० औं स्थानमा छ । आजको खेलमा आर्मी जित दर्ता गर्दै तालिकाको तेस्रो स्थानमा उक्लने प्रयासमा छ । हिमालयन शेर्पा पनि पहिलो पटक तीन अंक लिने प्रयासमा हुने छ । शेर्पाले पछिल्ला दुई खेलमा बराबरी खेल्दै २ अंक जोडेको छ ।

यस्तै दिउँसो तीन बजे दशरथ रंगशालामा सरस्वती युवा क्लब र नेपाल पुलिस क्लब भिड्ने छन् । पुलिस एक अंकसहित तालिकाको ११ औं स्थानमा छ भने सरस्वतीले खाता नै खोल्न सकेको छैन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);