विश्वकप फुटबलमा आज तीन खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

असोज २७ २०८१, आइतबार

विश्वकप फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं, ९ असार । विश्वकप फुटबलमा आज पनि तीन खेल हुँदैछन् । आज समूह ‘एफ’अन्तर्गत दुई तथा समूह ‘जी’अन्तर्गत एक खेल हुनेछ ।

पहिलो खेलमा नेपाली समयअनुसार साँझ पौने ६ बजे बेल्जियम र टुनिसियाबीच प्रतिस्पर्धा जारीछ । स्पार्टक स्टेडियममा बेल्जियम लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रेकोे छ भने आफ्नो पहिलो खेलमा पराजित ट्युनिसिया आजको खेल जित्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।

समूह जीमा बेल्जियम र इंग्ल्यान्ड समान ३–३ अंक लिएर बसेका छन् भने ट्युनिसिया र पानामासँग अंक छैन ।

आजै राति पौने ९ बजे समूह ’एफ’ का दक्षिण कोरिया र मेक्सिको भिड्ने छन् । रोस्तोभ एरेनामा दक्षिण कोरिया पहिलो जितको खोजीमा रहँदा मेक्सिको दोस्रो जितका साथ मैदान उत्रिनेछ ।

समूहमा ३ अंक जोडेको मेक्सिको दोस्रो समूहको दोस्रो स्थानमा छ । दक्षिण कोरिया अंक विहीन रहँदै पुछारमा छ । आज राति पौने १२ बजे हुने समूह ’एफ’अन्तर्गतको दोस्रो खेलमा जर्मनी र स्वीडेनबीच प्रतिस्पर्धा हुनेछ ।

फिष्ट ओलम्पिकमा जर्मनी पनि पहिलो जितको खोजीमा हुने छ । यसअघि नै एक खेलमा बाजी मारिसकेको फेरि अर्को जित दर्ता गराउन चाहान्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);