सनराइजर्स हैदरावाद आईपीएलको प्लेअफमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

एजेन्सी, २८ बैशाख । सनराइजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आईपिएल)को प्लेअफमा प्रवेश गरेको छ ।

दिल्ली डेयरडेभिल्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै सनराइजर्स प्लेअफमा प्रवेश गरेको हो । सनराइजर्सले ११ खेलमध्ये ९ खेलमा जित हात पारेर १८ अंक जोडेको छ । सनराइजर्सलाई प्लेअफमा छनौट गराउने क्रममा शिखर धवन र केन विलियम्सनले १ सय ७६ रनको साझेदारी गरे । १ सय ८८ रनको लक्ष्य पछ्याउने क्रममा १५ रनमा पहिलो विकेट गुमाएको सनराइजर्सले ७ बल बाँकी छँदै लक्ष्य पूरा गर्यो ।

उसका लागि शिखरले ९२ तथा विलियम्सनले ८३ रनको योगदान गरे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ऋषब पन्तको आक्रामक ब्याटिङमा १ सय ८७ रन बनाएको थियो । तर पराजयसँगै ऋषबले ६३ बलमा बनाएको १ सय २८ रन छायाँमा परेको छ । हारसँगै दिल्ली पहिलो चरणबाट बाहिरिने पहिलो टिम बनेको छ । दिल्लीको ११ खेलबाट जम्मा ६ अंक छ । आईपीएलमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच खेल हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);