शनिबार हुने भनिएको पोखरा प्रिमियर लिग आइतबारलाई सर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

शनिबार हुने भनिएको पोखरा प्रिमियर लिग आइतबारलाई सर्‍यो

पोखरा, २८ मंसिर । मौसममा आएको खराबीका कारण शनिबार हुने भनिएको पोखरा प्रिमियर लिग आइतबार हुने भएको छ ।

शुक्रबार पानी परेर क्रिकेट मैदान हिलाम्य बनेको थियो । पानी र चिसो बढे पछि पोखरा प्रिमियर लिगको आयोजक क्विन्स इभेन्ट म्यान्जेमेन्टले निर्धारित खेल तालिका एक दिन पर सारेको थियो ।

पोखरामा शनिवार घाम लागे पछि काठमाडौं गोल्डेन्स र पोखरा पल्टनबीच हुने उद्धघाटन खेल आइतबार हुने भएको छ । पोखरा प्रिमियर लिग मंसिर २९ देखि पुष १२ सम्म चल्ने छ ।

दोश्रो संस्करणको पिपिएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन् । यो संस्करणमा विराटनगर टाइटन्सको कप्तानी प्रदीप ऐरीले ।

काठमाडौं गोल्डेन वारीयर्सको कप्तानी ज्ञानेन्द्र मल्लले, धनगढी ब्लुजको कप्तानी दीपेन्द्र सिंह ऐरीले, चितवन राइनोजको कप्तानी पारस खड्काले र बुटवलको ब्लास्टर्सको कप्तानी सोमपाल कामी सम्हालेका छन् भने पोखरा पल्टनको कप्तानी शरद भेषावकरले सम्हालेका छन् ।

यो प्रतियोगीतामा उत्कृष्ट हुने विजेता टिमले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गरिने भएको छ।

यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र उदयमान खेलाडीलाई रु ५० हजार रुपैयाँको साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीले १० हजार प्राप्त गर्ने छन् ।

प्रत्येक खेलमा उत्कृट क्याच गर्ने खेलाडिलाई सुविसु क्लियर टिभि र प्रत्येक खेलमा सवै भन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीलाई सुबिसु फास्टेस फिफ्टी प्रदान गरिने जनाएको छ । पिपिएलको पहिलो संस्करणमा पोखरा पल्टनले चितवन राइनोजलाई ३ विकेटले हराउँदै उपाधि जितेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);