सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्रको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मच्छिन्द्रको विजयी सुरुवात

काठमाडौं, २८ मंसिर । मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । अखिल नेपाल फुटबल संघको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराएको हो ।

राष्ट्रिय टिमका पूर्वकप्तान रहि सकेका विराज महर्जनसहितको स्टार खेलाडीले भरिएको मच्छिन्द्र क्लबले अर्का पूर्व कप्तान अनिल गुरुङको ब्रिगेड ब्वाइज क्लबलाई हराएको छ ।

अखिल नेपाल फुटबल संघले उद्घाटन खेल दशरथ रंगशालामा खेलाउने भने पनि शुक्रबार परेको पानीले मैदान हिलो भएपछि खेल एन्फा कम्प्लेक्सको मैदानमा सारिएको थियो ।

आज भएको खेलमा मच्छिन्द्रका लागि ३० औं मिनेटमा योगेश गुरुङ गोल गरेका थिए । यस्तै मच्छिन्द्रका दीपक राईले ५० औं मिनेटमा गोल गर्दाै टिमलाई २-० को अग्रतामा पु-याएका थिए ।

मच्छिन्द्रले खेल पहिलो हाफबाटै आक्रमक खेलेको थियो । १९ औं मिनेटमा रन्जित धिमालले फ्रि–किकमार्फत प्रहार गरेको बल पोस्टमा लाग्दै बाहिरिएको थियो । दोस्रो हाफमा पनि अभिषेक रिजालको हेडिङमार्फत प्रहार गरेको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

पटक–पटक अवसर बनाए पनि ब्रिगेड ब्वाइज भने गोल गर्न चुकेको थियो । ७६ औं मिनेटमा ब्रिगेड ब्वाइजले खाली पोस्टको अवसरसमेत सदुपयोग गर्न सकेन । दुई गोल गरेपछि रक्षात्मक देखिएको मच्छिन्द्रले दोस्रो हाफमा ब्रिगेडलाई रोक्न निकै मेहनत गर्नुपरेको थियो ।

यसैबीच, एन्फाले आइतबारको लागि तय गरेको दुवै खेल स्थगित गरेको छ । आइतबार संकटा र च्यासल युथ क्लब तथा त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लबबीच खेल हुने तालिका थियो ।

आइतबार ‘ए’ डिभिजन लिगको साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले जापानी फुटबल लिग यू–२२ टिमसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने भएकाले दुवै खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);