आईपीएल: आज दिल्ली र बैंगलोरविच प्रतिस्पर्धा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आईपीएल: आज दिल्ली र बैंगलोरविच प्रतिस्पर्धा हुँदै

ipl sandeep

काठमाडौं, २४ चैत । इन्डियन प्रिमियर लिग क्रिकेटमा आइतबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गदैछ ।

बेंगलोर स्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा दिल्ली र बैंगलोरबीचको खेल नेपाली समयानुसार दिउँसो ४ः१५ बजे शुरु हुनेछ । सन्दीपको टिम दिल्ली बैंगलोरविरुद्ध तेस्रो जीतको खोजीमा रहने छ । ५ खेल खेलेको दिल्ली २ जीत निकाल्दै ४ अंकसहित छैटौं स्थानमा रहेको छ । आईपीएलमा लगातार कमजोर प्रदर्शन गरीरहेको बैंगलोर घरेलु मैदानमा दिल्लीलाई पराजित गर्दै अंकतालिकामा खाता खोल्ने लक्ष्यमा रहेको छ ।

यसअघि ३ खेल खेलेका नेपाली लेग स्पिनर सन्दीपलाई दिल्लीले मैदान उतार्ने सम्भावना कायम देखिन्छ । सन्दीपले दिल्लीले खेलेका पछिल्ला तीनवटै खेलमा विकेट लिइरहेका छन् भने रनमा पनि केही नियन्त्रण गरिरहेका छन् । उनले ३ खेलमा उत्कृष्ट बलिङ गर्दै ४ विकेट हात पारिसकेका छन् । आइतवार राति हुने दोस्रो खेलमा राजस्थान रोयल्स र कलकत्ता नाइट राइडर्सले प्रतिस्पर्धा गने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);