विश्व टेबलटेनिस च्याम्पियन्सीप छनोटमा नेपाली घरको साथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्व टेबलटेनिस च्याम्पियन्सीप छनोटमा नेपाली घरको साथ

काठमाडौं। विश्व टेबलटेनिस च्याम्पियन्सीपको क्षेत्रीय छनोट साउथ एसियन रिजनल च्याम्पियन्सिप– ०२० का लागि अखिल नेपाल टेबलटेनिस संघ र नेपाली घरबीच बुधबार प्रायोजन सम्झौता भएको छ। साउथ एसियन रिजनल च्याम्पियन्सिप २२ देखि २५ मंसिरसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्य र नेपाली घरका प्रबन्ध निर्देशक राजु श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदानप्रदान गरे।  सो सम्झौताअनुसार नेपाली घरले प्रतियोगितामा भाग लिने खेलाडीहरूका लागि खान, बस्नका लागि करिब तीन लाख रुपैयाँ बराबरको सहयोग गर्नेछ।

चतुरानन्द राजवैद्यले नेपालीपन भएको होटल र प्रतियोगितास्थलको नजिक भएकोले नेपाली घरलाई चयन गरेको बताए । नेपाली घरका प्रबन्ध निर्देशक श्रेष्ठले नाफा नोक्सानभन्दा नेपाली खेलकुदलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रायोजन गरेको बताए । श्रेष्ठ नेपाल टेनिस संघका उपाध्यक्ष पनि हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);