भ्याली पब्लिक र एन्जल्स हार्ट क्वाटरफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भ्याली पब्लिक र एन्जल्स हार्ट क्वाटरफाइनलमा

काठमाडौं। आयोजक भ्याली पब्लिक र एन्जल्स हार्ट १५औं माछापुच्छ«े–भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले ह्वाइटफिल्डलाई ३२–१४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा छिमे तामाङले ११ अंक योगदान गरे । एन्जल्स हार्टले हिमरश्मीलाई १६–११ ले हरायो । सिनियर ब्वाइजमा इडेन ब्रिज एकेडेमी (इबीए) ले सैनिकलाई ४३–२८, हिमालयन किङडमले रेडिअन्टलाई २८–१५, एचएचसीएले पारा माउन्ट एकेडेमीलाई ३९–१५, बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले स्कोलर्स होम एकेडेमीलाई ४८–२९ र नेसनल युनाइटेडले एन्जल्स हार्टलाई २७–२३ ले पाखा लगाए । इबीएका सौगात खत्रीले २८, एचएचसीएका पविन मगरले ११, बीएनएका सन्देश खड्काले २८ र नेसनल युनाइटेडका सविन नगरकोटीले ११ स्कोर गरे।

सिनियर गल्र्समा एन्जल गुप्ता र मुस्कान गुरुङको ६–६ अंक सहयोगमा भ्याली पब्लिकले फेरिल्यान्डमाथि २४–१६ को जित आत्मासात् ग¥यो । जितसंगै भ्याली पब्लिकले सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);