ग्रिनल्यान्ड र किङडम फाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ग्रिनल्यान्ड र किङडम फाइनलमा

काठमाडौं। ग्रिनल्यान्ड र किङडम चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा फाइनलमा प्रवेश गरेका छन् । धापासीस्थित आयोजक केभीकेएसएसको कोर्टमा ग्रिनल्यान्डले भ्याली पब्लिकलाई ३२–३० ले पराजित गर्‍यो । ग्रिनल्यान्डको जितमा सुरेश बिसीले १३ अंक योगदान गरे । साङबुको ३१ अंक सहयोगमा किङडमले लोयल्टीलाई ४८–३२ ले हरायो ।

सिनियर गर्ल्सको उपाधिका लागि भ्याली पब्लिक र एचएचसीए भिड्ने भएका छन् । भ्याली पब्लिकले पृथ्वीमाथि २१–६ को सहज जित दर्ता गर्‍यो । भ्याली पब्लिककी मुस्कान गुरुङले ८ स्कोर गरिन् । एचएचसीएले ग्रिनल्यान्डलाई १९–१० ले पन्छायो । एचएचसीएका लागि रेश्मा तामाङले ७ अंक जोडिन् । फाइनल बुधबार हुनेछ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);