किङडम र लोयल्टी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

किङडम र लोयल्टी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौं। किङडम र लोयल्टी चौथो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।किङडमले एन्जल्स हार्टलाई ६१–२६ ले पराजित गर्‍यो । किङडमको जितमा मनोज तामाङले ३५ अंक योगदान गरे । निङमा शेर्पाको २२ अंक सहयोगमा लोयल्टीले रिलायन्स पब्लिकलाई ४८–२२ ले हरायो ।सिनियर ब्वाइजमै भ्याली पब्लिकले रेडिअन्टलाई ४८–४० तथा ग्रिनल्यान्डले स्कोलर्स होमलाई ४७–३३ ले पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाए । भ्याली पब्लिकका अनमोल गुरुङले १८ तथा ग्रिनल्यान्डका सुरेश बिसीले १७ स्कोर गरे । सेमिफाइनलमा लोयल्टीको भेट किङडमसँग हुनेछ भने भ्याली पब्लिकले ग्रिनल्यान्डविरुद्ध खेल्ने छ ।सिनियर गल्र्समा एचएचसीएले तिरुपतिलाई ११–१०, ग्रिनल्यान्डले टीआईएलाई २१–८ र भ्याली पब्लिकले आयोजक केभीकेएससलाई २८–७ ले पन्छ्याउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

एचएचसीएकी रेश्मा तामाङले ११, ग्रिनल्यान्डकी परी गुरुङले ११ र भ्याली पब्लिककी लोरिशा गौतमले १२ अंक बटुले । पृथ्वी पनि विन्डी हाउसबाट वाकओभर पाउँदै सेमिफाइनलमा पुग्न सफल भयो । सेमिफाइनल भ्याली पब्लिक र पृथ्वी तथा ग्रिनल्यान्ड र एचएचसीएबीच हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);