गोल्डेनगेट र अक्सब्रिज सेमीफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

गोल्डेनगेट र अक्सब्रिज सेमीफाइनलमा

काठमाडौं । गोल्डेनगेट र आयोजक अक्सब्रिज इन्टरनेसनल कलेज ‘ए’ प्रथम अक्सब्रिज थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको बेचलर्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

महालक्ष्मीस्थानस्थित आयोजकको कोर्टमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल ‘बी’ लाई २१–१२ ले पराजित गर्‍यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले ९ अंक योगदान गरे । प्रयुश श्रेष्ठको ७ अंक सहयोगमा अक्सब्रिज ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई १७-१५ ले हरायो ।

एक्सेल ग्लोबल सर्भिसेसको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको सोही विधामा सेन्ट जेभियर्स र जेभियर इन्टरनेसनल ‘ए’ पनि सेमिफाइनलमा पुगे । सेन्ट जेभियर्सले कसमसमाथि २०-१७ को जित दर्ता गर्‍यो । सेन्ट जेभियर्सका दिप्सन केसीले १२ स्कोर गरे । जेभियर इन्टरनेसनल ‘ए’ ले लुम्बिनीलाई १८–१३ ले पाखा लगायो । विजेताका निकेश मगरले ८ अंक जोडे ।

सेमिफाइनलमा सेन्ट जेभियर्सको भेट जेभियर इन्टरनेसनल ‘ए’ संग हुनेछ भने गोल्डेनगेटले अक्सब्रिज ‘ए’ विरुद्ध खेल्नेछ । प्लस टुतर्फ यसअघि नै सेमिफाइनल समीकरण तयार भइसकेको छ । सेमिफाइनल अक्सब्रिज र टाइम्स तथा नवोदित र रुकिजबीच हुनेछ । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);