दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबलः आर्मी र जावलाखेललाई उपाधि | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबलः आर्मी र जावलाखेललाई उपाधि

काठमाडौं,२९ चैत्र । दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लव र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लव (जेडब्यूएससी) ले जितेका छन् ।

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधवार सम्पन्न फाइनलमा पुरुषतर्फ विभागीय डर्बीमा आर्मीले सशस्त्र प्रहरी बलको एपीएफलाई र महिलातर्फ जेडब्यूएससीले इस्पाइनल कट इन्जरी नेट्वर्क नेपाल (एससीआईएनएन)लाई पराजित गर्दै उपाधि जितेका हुन् । पुरुषतर्फ निक्कै नै रोमाञ्चक बनेको खेलमा आर्मीले एपीएफलाई २१–१७ ले पराजित ग¥यो । आर्मी र एपीएफ पुल ‘ए’ मा सँगै थिए । पुल ‘ए’ बाट आर्मी विजेता र एपीएफ उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।

पुलको खेलमा पनि आर्मीले एपीएफलाई २६–२१ स्कोरले पराजित गरेको थियो । आर्मीले सेमिफाइनलमा बीआईएमाथि ३६–१७ स्कोरको फराकिलो जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । एपीएफ भने प्रतिष्पर्धात्मक खेलमा एससीआईएनएनलाई २०–१९ स्कोरले पराजित गर्दै फाइनलमा पुगेको थियो। प्रतियोगितामा एससीआईएनएन तेस्रो भयो । एससीआईएनएनले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा बीआईएलाई १७–१६ स्कोरले पराजित ग¥यो । महिलातर्फको सेमिफाइनलमा बीआईएलाई १४–० स्कोरले पराजित गर्दै जेडब्यूएससी फाइनल पुगेको थियो । फाइनलमा जेडब्यूएससीले एससीआईएनएनमाथि १८–७ स्कोरको सहज जित दर्ता ग¥यो । एससीआईएनएनले सेमिफाइनलमा विइनमाथि १४–४ स्कोरको सहज जित हासिल गर्दै फाइनलमा स्थान बनाएको थियो। बीआईए भने तेस्रो बन्यो।

तेस्रो स्थानका लागि भएको भिडन्तमा विइनलाई बीआईएले ६–० स्कोरमा सहजै पराजित ग¥यो । प्रतियोगिताको विजेता टोली आर्मी र जेडब्यूएससीले ५०÷५० हजार रुपैयाँ प्राप्त गरे । उपविजेता टोली एपीएफ र एससीआईएनएनले ४०÷४० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, तेस्रो हुने एससीआईएनएन र बीआईले ३०÷३० हजार रुपैयाँ प्राप्त गरे । ‘मोस्ट भ्यालुयबल प्लेअर’ पुरुषतर्फ आर्मीका रामबहादुर तामाङ र महिलातर्फ जेडब्यूएससीका राजनी राई घोषित भए । यस्तै पुरुषतर्फ आर्मीका रमेश खत्री र महिलातर्फ जेडब्यूएससीकी तुलसा मगर ‘हाई’ स्कोरर रहे । खत्रीले फाइनलमा ८ र मगरले ६ स्कोर गरेका थिए । चारै जनाले २५÷२५ सय रुपैयाँ प्राप्त गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);