दशरथ रंगशालामा ओप्सको फुटबल र एथ्लेटिक्सका प्रतिष्पर्धा शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

दशरथ रंगशालामा ओप्सको फुटबल र एथ्लेटिक्सका प्रतिष्पर्धा शुरु

काठमाडौं,८ माघ । अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजना दशरथ रंगशालामा सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गतका दुई विधाका खेलहरू भइरहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार एथ्लेटिक्स र फुटबलका विद्यार्थीहरूले एकअर्काबिरुद्ध चुनौति प्रश्तुत गरे । खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको हाइजम्पम लालीगुराँस नेसनल एकेडेमीका दीपेन्द्र गिरी ब्वाइजमा र हिमरश्मिकी सुनिशा मिश्रले गल्र्समा स्वर्ण जिते । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिष्पर्धामा दीपेन्द्रले १.४५ मिटर जम्प गरे । हिमरश्मिका आदर्श थिङ र फेरिल्यान्डका मदन गडाइली संयुक्त रुपमा दोस्रो भए । सुनिशाले १.२१ मिटर जम्प गरिन् । कौशलकी सेमिनु तमाङ दोस्रो तथा फेरिल्यान्डकी कृतिका कटुवाल तेस्रो बने । ब्वाइज एक सय मिटर दौडमा लालीगुराँसका सुदिप पाण्डे पहिलो भए ।

उनले १२.७२ सेकेन्डमा निर्धारित दूरी पूरा गरे । एन्जल्स हार्टका हिमसागर पुनमगर दोस्रो तथा हिमरश्मिका नवीन महत तेस्रो भए । उक्त स्पर्धाको गल्र्समा हिमरश्मिकी युनिशा पाठकले निर्धारित दूरी १५.५१ सेकेन्डमा पूरा गरी स्वर्ण जितिन् । कौशलकी सेमिनु तामाङले रजत तथा श्रृजना ज्ञान सागरकी ग्रिष्मा देवकोटाले कांस्य जिते । ब्वाइज ८ सय मिटर दौड २ मिनेट २४.३ सेकेन्डमा सकाएका लालीगुराँसका सुवास रावत शीर्ष स्थानमा रहे । विभूतिका अंकित श्रेष्ठ तथा न्यु एराका पेम्बा तामाङ क्रमशः दोस्रो र तेस्रो भए । सो स्पर्धाको गल्र्समा लालीगुराँसकै रोशिका गोथेले स्वर्ण चुमिन् ।

रोशिकाले निर्धारित दूरी तय गर्न ३ मिनेट ०२.९ सेकेन्ड समय खर्चिन् । श्रृजना ज्ञान सागरकी अनुषा अम्गाईंले रजत तथा कौशलकी सुजश्री विष्टले कांस्य जिते । लङजम्पको ब्वाइजमा श्रृजना ज्ञानसागरका रविन तामाङ पहिलो भए । उनी ५.६० मिटर उफ्रिए । एन्जल्स हार्टका हिमसागर पुन दोस्रो तथा कौशलका सलिन बानियाँ तेस्रो भए । सोही स्पर्धाको गल्र्समा हिमरश्मिकी ममता बराले पहिलो भइन् । ममताले ३.९३ मिटर जम्प गरिन् । ज्ञान मन्दिरकी रन्जिता अम्गाईं दोस्रो तथा फेरिल्याण्डकी अपेक्षा ढुंगाना तेस्रो बने ।

ब्वाइज सटपुटमा न्युटनका विशाल बरालले स्वर्ण जित्दा १०.४२ मिटर टाढा फाले । हिमरश्मिका ओमन घले दोस्रो तथा पुष्पकुञ्जका कस्मिर ओली तेस्रो स्थानमा रहे । रिलेको ४ गुणा ४ सय मिटरतर्फ ब्वाइज÷गल्र्स दुवैमा लालीगुराँसको टोलीले शीर्ष स्थान कब्जा ग¥यो । ब्वाइजमा कौशल दोस्रो तथा हिमरश्मि तेस्रो भए । गल्र्समा हिमरश्मि दोस्रो तथा कौशल तेस्रो बने ।

सेबले ब्वाइज फुटबलमा आइतबार जित निकाल्दै क्वार्टरफाइनलमा प्रवेश ग¥यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अर्जुन राना मगरले ह्याट्रिक प्रेरणामा सेबले अमृतलाई ४–० गोलले पराजित ग¥यो । विकास गुरुङले एक गोल थपे । अन्य खेलमा जित हात पार्दै पुष्पकुञ्ज, प्रगति र कौशल पनि क्वार्टरफाइनलमा पुगे । पुष्पकुञ्जले न्युटनलाई १–० गोलले हरायो । प्रगतिले श्रृजना ज्ञान सागरलाई २–० र कौशलले विभूतिमाथि ४–० को सहज जित निकाल्यो । सोमवार ६ खेल हुँदैछन् । प्रतियोगिताको शिक्षा विकास तथा समन्वय इकाइ, काठमाडौंका प्रमुख विचारीप्रसाद अधिकारीले उद्घाटन गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);