फर्पिङको जितमा निरोजको ४ गोल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फर्पिङको जितमा निरोजको ४ गोल

काठमाडौं । फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजय सुरुआत गरेको छ । फर्पिङको जितमा निरोज श्रेष्ठले चार गोल गरेका छन् । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फर्पिङले फुटबल फेलोसिपलाई ११–० ले हराएको हो  ।

यस्तै, गणेश लावतीले ३, निरकुमार राईले २ तथा अनिल गुरुङ्ग र सल्यान खड्गीले समान १–१ गोल गरे । फर्पिङका गणेश लावती प्लेअर अफ दी म्याच भए । 
लिगकप नकआउट प्रणालीमा खेलाइने यस प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गर्नेछन् । २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टिमले दोस्रो चरणमा स्थान बनाउने छन् । 

एउटा टिममा २० खेलाडी हुनेछन् । जसमा ३५ देखि ४० वर्ष उमेर सम्मका तीन खेलाडी हुनेछन् । बाँकी खेलाडी ४० वर्षभन्दा माथिको हुनु पर्नेछ । खेलको समयावधि ६० मिनेट (एक हाफ ३० मिनेटको हुनेछ ।) खेलमा सात खेलाडी परिवर्तन गर्न पाइने छ । प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);