विश्वकप क्रिकेट लिग टु क्रिकेटका लागि नेपाली टोलीको प्रशिक्षण तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वकप क्रिकेट लिग टु क्रिकेटका लागि नेपाली टोलीको प्रशिक्षण तयारी

एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट काउन्सील, आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डविचको श्रृखलाका लागि नेपाली टोलीले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ । स्पेनमा हुने उत्त श्रृखलाका लागि नेपाली टोलीले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

यसका लागि नेपाली क्रिकेटका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल पुग्ने बताइएको छ । नेपालमा कोरोना भाइरसका कारण निषेधाज्ञा जारी भएपछि श्रीलंका फर्किएका प्रशिक्षक ह्वाटमोर मंगलबार काठमाडौं आइपुग्ने बित्तिकै प्रशिक्षण सुरु हुने क्यानले बताएको छ ।

नेपाली टोलीको प्रशिक्षण शिविरमा पहिलो चरणमा २१ वा २२ खेलाडीलाई राखिने र त्यसबाट अन्तिममा १५ खेलाडीलाई त्रिकोणात्मक खेलका लागि छनोट गरिने छ । नेपालले सुरुवाती चरणमा नेपालमा नै प्रशिक्षण गरेपनि त्यसपछि बैदेशिक भूमीमा करिव दुई साता प्रशिक्षण गर्ने क्यानले तयारी गरेको छ ।

प्रतियोगिताको मिती र तालिका एकिन हुन बाँकी छ । लिग टू मा नेपालले अहिलेसम्म चार खेल खेल्दा दुई जित र दुई हार ब्यहोरेको छ । घरेलु मैदानमा भएको खेलमा नेपालले अमेरीकाविरुद्ध दुई जित निकाल्दा ओमानसँग दुई हार ब्यहोरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);