अष्ट्रेलियाविरुद्ध जितको लक्ष्यका साथ नेपाल मैदानमा उत्रने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अष्ट्रेलियाविरुद्ध जितको लक्ष्यका साथ नेपाल मैदानमा उत्रने

काठमाडाैं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार कुबेतको कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय रंगशालामा नेपाल र अष्ट्रेलियाबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

एसियाली फुटबलको शक्तिशाली अष्ट्रेलिया विरुद्ध जितको लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ । तर अष्ट्रेलियालाई पराजित गर्न भने नेपालले कठिन मेहेनत गर्नू पर्ने हुन्छ । पाँच पटक विश्वकप फुटबल खेलिसकेको अष्ट्रेलिया नेपाललाई हराएर विश्वकपको तेस्रो चरणमा स्थान सुरक्षित गर्ने दाउमा रहने छ ।

छनोट चरण अन्तर्गत समूह ’बी’ मा अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । यो समूहमा अष्ट्रेलिया अपराजित रहने एक्लो टोली हो । नेपाल भने चौंथो स्थानमा रहेको छ । नेपालले ६ अंक जोडेको छ । नेपालले विश्वकपमा छनोट हुने मौका गुमाईसकेको छ ।

तर, प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने नेपालको सम्भावना भने बाँकी छ । कुवेतमा जारी छनोटमा नेपालले चाईनिज ताईपेलाई २–० ले हराएर जोर्डनसँग ३–० ले पराजित भएको छ । यस अघि नेपालले अष्ट्रेलियासँग जारी विश्वकप छनोट अन्तर्गत एक खेल खेलेको छ ।

२०१९ को अक्टोबर १० मा अष्ट्रेलियाको क्यानबेरास्थित जीआईओ स्टेडियममा नेपाल घरेलु टोलीसँग ५–० ले पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);