फिफा विश्वकप र एसियन कप छनोटमा नेपालले आज अष्ट्रेलियासँग खेल्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

फिफा विश्वकप र एसियन कप छनोटमा नेपालले आज अष्ट्रेलियासँग खेल्दै

काठमाडौं ।  फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्न लागेको हो । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ । पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।

समूह ’बी’ मा अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल भने ६ अंक जोड्दै चौंथो स्थानमा रहेको छ । जारी छनोटमा नेपालले यसअघि चाईनिज ताईपेलाई २–० ले हराएको थियो । तर, नेपाल जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);