नेपालमा चीनको लगानी प्रतिबद्धता सबैभन्दा बढी | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८२, आइतबार

नेपालमा चीनको लगानी प्रतिबद्धता सबैभन्दा बढी

२० फागुन, काठमाडौं । काठमाडौँमा बिहीबारदेखि भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी १६ लगानीकर्ताहरुले लगानीको प्रतिवद्धता जनाएका छन् । विभिन्न दातृ राष्ट्रहरुले १३ खर्ब ६० अर्ब रुपैयाँ भन्दा बढि नेपालमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् ।

लगानी प्रतिवद्धता जनाउने मध्ये चीनले सबैभन्दा धेरै करिब ८ खर्ब ३० अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । बंगलादेशले २ खर्ब ४० अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता जनाएको छ । लगानी प्रतिवद्धताको होडबाजीमा भारतले भन्दा धेरै श्रीलंकाले प्रतिवद्धता जनाएको छ ।

श्रीलंकाका लगानीकर्ताले ५० अर्ब लगानीको लागि आफ्नो प्रतिवद्धता जाहेर गरेका छन् भने भारतले ३१ अर्ब ७० करोड रुपैयाँ लगानीको प्रतिवद्धता जनाएको छ । त्यस्तै, त्यसैगरी जापान र बेलायतबाट १–१ खर्बको लगानी प्रतिवद्धता आएको लगानी बोर्डले जनाएको छ ।

सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उद्योगमन्त्री नविन्द्रराज जोशीले लगानी सम्मेलनमा आएको प्रतिवद्धता नेपालका लागि चुनौति भएको बताउनुभएको छ । सम्मेलनमा अनुमान गरिएभन्दा १२ खर्ब ५२ करोड रुपैयाँ बढीको प्रतिवद्धता आएको हो ।

सरकारले लगानी सम्मेलनबाट १ खर्ब जुट्ने अनुमान गरेकोमा लगानी प्रतिवद्धता भने १३ खर्ब रुपैयाँको आएको हो । नेपालका लगानीकर्ताबाट १ अर्ब १५ करोडको लगानी प्रतिवद्धता जनाएको बोर्डले जनाएको छ । विभिन्न देशबाट सहभागी २ सय ५० भन्दाबढी विदेशी लगानीकर्ताले नेपालका विभिन्न सम्भाब्य क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाएका हुन् ।

Leave a Reply