जग्गा फुकुवा गरिदिने भन्दै घुस लिएका कम्प्युटर अपरेटरमाथि मुद्धा दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जग्गा फुकुवा गरिदिने भन्दै घुस लिएका कम्प्युटर अपरेटरमाथि मुद्धा दर्ता

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर संजय प्रसाद यादवमाथि भ्रष्टाचार गरेको आरोपमा मुद्धा दर्ता भएको छ ।

सेवाग्राहीसँग जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी घुस लिएको पुष्टि भएपछि आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो ।

जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले निज कम्प्युटर अपरेटर संजय प्रसाद यादवलाई सेवाग्राहीसँग ५ हजार रुपैया घुस बापतको रकम लिइसकेको अवस्थामा मिति २०७९।०६।३१ गते यादवलाई नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा जिल्ला प्रशासन कार्यालय, पर्साका कम्प्युटर अपरेटर (करार) संजय प्रसाद यादवले सेवाग्राहीसँग जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनी भाद्र महिनामा ६ हजार र मिति २०७९।०६।३१ गते ५ हजार गरी जम्मा ११ हजार घुस लिएको पुष्टि हुन आएकोले निजले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज संजय प्रसाद यादवलाई बिगो ११ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र बिगोबमोजिम जरिवानाको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);