जनस्वास्थ्य प्रयोगशाला टेकुका अधिकृत घुससहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८३, सोमबार

जनस्वास्थ्य प्रयोगशाला टेकुका अधिकृत घुससहित पक्राउ

काठमाडौं, २६ जेठ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत छैठौ तह) लेखनाथ भट्टराई घुससहित पक्राउ परेका छन् ।

भट्टराईले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।

मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँसहित घुस लिइसकेको अवस्थामा उक्त रकमसहित आज का.म.न.पा. वडा नं. ३१, शंखमुलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

 

Leave a Reply

ताजा समाचार