प्रचण्डविरुद्ध रिट निवेदन दर्ता गर्न पाइने | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

प्रचण्डविरुद्ध रिट निवेदन दर्ता गर्न पाइने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

लेनिन विष्टले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले सर्वोच्च अदालतका रजिस्ट्रारले गरेको दरपीठ आदेश बदर गर्दै निवेदन दर्ता गर्न आदेश दिएको हो।

सत्य निरुपण तथा मेलमिलाप आयोगबाट संक्रमणकालीन न्याय पद्धतिअनुसार निरुपण हुने भन्दै रजिस्ट्रारले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दर्ता नगरी विष्टको निवेदन दरपीठ गरेका थिए।

 

Leave a Reply

ताजा समाचार