कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीको सांसद बन्ने बाटो रोकियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

काठमाडौं, ९ पुष । प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित रेशम चौधरीले वारेसमार्फत विजयी प्रमाणपत्र नपाउने भएका छन् ।

टिकापुर घटनाका आरोपित चौधरीले वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेद दिएको थिए । सो निवेदन दर्ता गर्न सर्वोच्चले अस्विाकार गरेको थियो । सर्वोच्च प्रशासनले खारेज गरिदिएको निवेदन आज अदालतले नै दरपीठ गरिदिएपछि चौधरीले वारेसमार्फत प्रमाणपत्र नपाउने भएका हुन् ।

 

सर्वोच्च अदालतका न्यायाधीश टंकप्रसाद मोक्तानको एकल इजलासले सर्वोच्च प्रशासनको निर्णयलाई सदर गरेको हो । अदालतले वारेन्ट जारी गरेको व्यक्तीलाई वारेसमार्फत प्रमाणपत्रको माग गर्नु वारेन्ट र म्यादी पुर्जीको अवज्ञा भएको सर्वोच्चको ठहर छ । चौधरी राजपा नेपालबाट कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फ निर्वाचित भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);