अदालतले आफुलाई न्याय दिनेमा रेशम चौधरी विश्वस्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अदालतले आफुलाई न्याय दिनेमा रेशम चौधरी विश्वस्त

काठमाडौं, १९ पुस । सांसदमा निर्वाचित भएको झण्डै १३ महिनापछि सपथ लिएका रेशम चौधरीले अदालतले आफुलाई न्याय दिनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् ।

सिंहदरबारस्थित संसद सचिवालयमा विहीबार सांसदको पद तथा गोपनियताको सपथ लिएपछि संचारकर्मीसंग संक्षिप्त प्रक्रिया दिंदै चौधरीले आफुले न्याय पाउनेमा विश्वस्त रहेको बताएका हुन् ।

दोषी उम्किनुपर्छ भन्नेमा आफु नरहेको भन्दै उनले आफुमाथि राजनीतिक मुद्धा लागेकाले सोही अनुसार सम्बोधन गर्न आग्रह गरे । राजनीतिक दुर्घटनाको निराकरण राजनीतिक रुपमा नै गरिनुपर्ने उनको तर्क थियो ।

उनले टीकापुर घटना सामाजिक सञ्जालमा जिस्काउने घटना नभई वर्गिय जातिय भावनालाई ठेस पुगेको घटना भएको भन्दै सो क्रममा जेलमा रहेकाहरुमाथि स्पष्ट छानविन गरि राज्यले सबैलाई न्याय दिनुपर्ने उल्लेख गरे । उनले भने “रेशम चौधरी भिख चाहन्न न्याय दिनुहोस् । ”

प्रहरीको फरार सूचीमा रहेकै समयमा चौधरी २०७४ मा मंसिर २१ गते भएको प्रतिनिधिसभा सदस्यको दोश्रो चरणको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । उनले वाम गठबन्धनबाट एमाले उम्मेदवार रहेकी गरिमा शाहलाई पराजित गरेका थिए । चौधरीले ३४ हजार ३ सय ४१ मत प्राप्त गरेका थिए । शाहले भने १३ हजार ४ सय ६ मत पाएकी थिइन् ।

२०७२ साल भदौ ७ गतेको टीकापुर घटनाका मुख्य आरोपीका रुपमा प्रहरीको फरार अभियुक्तको सूचीमा नै रहेका बेला वारेसनामा मार्फत उनले उम्मेदवारी दर्ता गराएका थिए । चौधरीले गत असारमा कैलाली जिल्ला अदालत समक्ष आत्मसमर्पण गरेक थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);