घुससहित उद्योग विभागका शाखा अधिकृत पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

घुससहित उद्योग विभागका शाखा अधिकृत पक्राउ

काठमाडौं, १५ वैशाख । अख्तियारले उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरेसहित एकजनालाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको छ । घिमिरेसहित करार सेवाका कार्यालय सहयोगी दिपा थापालाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिई गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो

शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापालाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र सोत नखुलेको ३७ हजार ५३५ रुपियाँसहित शाखा अधिकृतको कार्यकक्षबाट बिहीबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);