उद्योग विभाग त्रिपुरेश्वरकी शाखा अधिकृत घिमिरेविरुद्ध अख्तियारको मुद्दा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

उद्योग विभाग त्रिपुरेश्वरकी शाखा अधिकृत घिमिरेविरुद्ध अख्तियारको मुद्दा

Commission for the Investigation of Abuse of Authority, CIAA

काठमाडौँ, १२ असार । उद्योग विभाग त्रिपुरेश्वरका शाखा अधिकृत कुमारी तारा घिमिरेसहित एकजनामाथि अख्तियारले मुद्दा दायर गरेको छ । घिमिरे र कार्यालय सहयोगी दिपा थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

कम्पनीको ट्रेडमार्क दिन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १२ हजार रुपैयाँसेवा ग्राहीसँग घुस लिएको आरोपमा शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापाविरुद्ध सोमबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अख्तियारले अनुसन्धान गर्दा शाखा अधिकृत घिमिरे र कार्यालय सहयोगी थापाले आपसी मिलेमतो तथा योजनामा व्यापार चिन्ह (ट्रेडर्माक) दर्ता गरी ट्रेडमार्क दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस–रिसवत बापतको १२ हजार रुपैयाँ माग गरी लिएको पुष्टि भएकोे थियो ।

घिमिरे र थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा निजहरूलाई बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);