महावीरले सुरु गरे सामाजिकआन्दोलन,स्व–इच्छाले सहभागी हुन आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

महावीरले सुरु गरे सामाजिकआन्दोलन,स्व–इच्छाले सहभागी हुन आग्रह

काठमाडौं, १५ वैशाख । खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनले आन्दोलन सुरु गरेका छन् । पुनले आजदेखि माइतीघर मण्डलामा धर्ना सुरु गरेका हुन् ।

पुनको संघ,प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छट्टुाएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने प्रमुख माग रहेको छ ।

उनीसँगै धर्ना बसेकाहरुले उद्यमीहरुलाई प्रोत्साहन गर, अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा युवा सहभागिता लगायतका नारा लेखेका प्लेकार्ड बोकेको छन् ।

नाराहरु –
१. “अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष“ खडा गर ।
२. अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याऊ ।
३. प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार गर्न सहयोग गर ।
४. “अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रबर्धन, सन्चालन तथा खरिद ऐन“ बनाउ ।
५. स्टार्ट अपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाऊ ।
६. नवउद्यमीहरुलाई हतोत्साह नगर ।
७. उद्यमशीलताको बिकास गर्न “नव उद्यमी पहिचान र प्रबर्धन समिति“ बनाउ ।
८. व्याबहारिक अनुसन्धान लाई प्रबर्धन गर्न “व्याबहारिक अनुसन्धान र नबप्रबर्तन बिभाग“ खोल ।
९. यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने ब्यबस्था तुरुन्त गर ।
१०. पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति देउ ।
११. सृजनशील नेपालीहरुले निर्माण गरेको सामानहरुलाई थप बिकास गर्न सहयोग गर ।

pic : RONB

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);