हरितालिक तीज अन्तर्गत आज ऋषि पञ्चमी पर्व मनाईदै | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

हरितालिक तीज अन्तर्गत आज ऋषि पञ्चमी पर्व मनाईदै

rishi-panchami

काठमाडौं, १७ भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाईँदै छ ।

हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कृत्य गरी नजिकको नदी वा पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);