सबै छात्राको ३ लाखको बीमा गर्ने प्रदेश २ सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सबै छात्राको ३ लाखको बीमा गर्ने प्रदेश २ सरकारको निर्णय

धनुषा, १७ माघ । २ नम्बर प्रदेश सरकारले छोरीहरुका लागि अब ३ लाखको बीमा गर्ने भएको छ । गत आर्थिक वर्षमा प्रदेश सरकारले प्रदेशमा जन्मिने छोरीको १ लाखको बीमा कार्यान्वयन गर्दै आएको थियो ।

गत वर्षको बीमा कार्यक्रम चालु आर्थिक वर्षमा २ लाख थप गरि तीन लाखको बीमा गरिने भएको हो । प्रदेश सरकारको शुक्रबार बसेको मन्त्री परिषद् बैठकले २ लाख थप गरी सबै छोरीलाई ३ लाखको बीमा गर्ने निर्णय गरेको हो ।

पत्रकार सम्मेलन मार्फत मुख्यमन्त्री लालबाबु राउतले स्थानीय तहमा नै छोरीहरुको बीमा थप गर्ने निर्णय भएको बताउनु भएको छ ।

यसका साथै मुख्यमन्त्री राउतले गत वर्ष १४ हजार साइकल बितरण गरेको स्मरण गराउँदै चालु अर्थिक वर्षमा प्रदेश नं. २ मा २० हजार छात्रालाई साइकल बितरण गरिने जानकारी दिनुभयो ।

त्यसका लागि संघीय सरकारले समेत अनुदान उपलब्ध गराएको बताउनु भएको छ । मुख्यमन्त्री राउतले प्रदेश सरकारले कक्षा १ देखि ८ सम्मका अतिविपन्न दलित तथा मुस्लिम समुदायका छात्राहरुलाई सहयोग गर्न आश्वासन दिनुभएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);