'छोरी बीमा अभियान' प्रदेश २ को सबै पालिकामा लागु | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

‘छोरी बीमा अभियान’ प्रदेश २ को सबै पालिकामा लागु

chori bima abhiyan

जनकपुरधाम, १९ फागुन ।  प्रदेश–२ को सबै जिल्लामा छोरीलाई बीमा गर्ने प्रदेश सरकारको निर्णय अब प्रदेशको हरेक पालिकामा माघ १ गतेदेखि लागु भएको छ । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आईतवार पत्रकार सम्मेलन गर्दै माघ १ गते देखि प्रदेश भित्र जन्मेका सबै छोरीलाई बिमा कार्यक्रम लागू हुने बताए ।

यो कार्यक्रम ८ वटै जिल्लाका ८ वटा पालिकामा कार्यान्वयनमा आउनेछ । यसका लागि ८ वटै जिल्लामा स्वयमसेवकका रुपमा युवा तथा महिला अभियन्ताहरुले काम थालिसकेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतका अनुसार छोरी बीमा कार्यक्रम लागू भएपछि प्रदेश २ भित्र जन्मने हरेक छोरीलाई २० वर्षपछि प्रदेश सरकारको तर्फबाट १ लाख २५ हजार रुपैया दिइनेछ । मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अन्तरगत विमाका लागि संघिय सरकारले विशेष अनुदान दिएको छ ।

सुरुमा प्रदेश–२ को ८ वटा जिल्लाको ८ वटा पालिकाबाट यो अभियान संचालन गर्ने योजना छ । तर, संघिय सरकारले विशेष अनुदानमा ५० करोड रुपैया दिएपछि अभियानलाई प्रदेशको सबै पालिकामा आइतबारदेखि लागु गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);