चलिरहेको मिलमा दोपट्टा अड्किदा करेन्ट लागेर १ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

चलिरहेको मिलमा दोपट्टा अड्किदा करेन्ट लागेर १ जनाको मृत्यु

death

बाजुरा, १९ फागुन । बाजुराको जगन्नाथ गाउँपालिका–४ को थारीकाँडामा आईतबार बिहान करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

जगन्नाथ गाउँपालिका–४ को थारीकाँडा निवासी गोवर्धन खत्रीकी १४ वर्षीया छोरी सिर्जना खत्रीको करेन्ट लागि मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुबासंगै कुटानी पिसानी मिलमा गएको बेला बालिकाले ओढेको दोपट्टा चलिरहेको मिलमा अड्किएपछि करेण्ट लागेको थियो । जुन करेण्टले बालिकाको ज्यानै लियो ।

मृतक बालिकाको शव पोष्ट मार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लागिएको निमित्त प्रहरी नायव उपरिक्षक लोकेन्द्रसिंह गुरुलेङले जानकारी दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);