अन्तर्राष्ट्रिय मेयर सम्मेलन असोज २१ देखि आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

अन्तर्राष्ट्रिय मेयर सम्मेलन असोज २१ देखि आयोजना हुने

Mayor Sammelan

काठमाडौं, १८ माघ । काठमाडौंमा अन्तर्राष्ट्रिय मेयर सम्मेलन–२०२० हुने भएको छ । काठमाडौं उपत्यकाका पालिकाहरुको संगठन उपत्यका नगरपालिका फोरमले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी असोजमा मेयर सम्मेलन गर्ने जानकारी दिएको हो ।

असोज २१ देखि २४ गतेसम्म चल्ले सम्मेलनका लागि २३० जना विभिन्न देशका मेयरहरुलाई निम्ता पठाइएको फोरका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । २३० जनालाई मेयर निम्ता पठाइए पनि त्यसको एक तिहाईमात्रै नेपाल आउने अपेक्षा गरिएको मेयर शाक्यको भनाई थियो ।

सम्मेलनले विभिन्न देशका नगरपालिकाहरूबीच सम्बन्ध स्थापना गर्ने, आर्थिक विकासका अनुभवहरूको आदानप्रदान गर्ने, पर्यावरणीय मुद्दाबारे समान धारणा बनाउने, समाजिक सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयात्राका सम्भाव्यताहरू पहिल्याउने र आपसी सम्मान र विश्वास अभिवृद्धि गर्ने लक्ष्य लिएको मेयर शाक्यले जानकारी दिनुभयो ।

भ्रमण वर्षलाई लक्षित गर्दै गर्न लागिएको सम्मेलनले २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य पुरा गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);